प्रदेश स्थापना दिवसका अवसरमा गण्डकीमा आज सार्वजनिक बिदा

57 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । गण्डकी सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

गत बुधबार एक सूचनामार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज शुक्रबार बिदा दिने निर्णय गरेको हो ।

कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव प्रवीण ढकालका अनुसार गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

आज गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहनेछन् ।