पर्यटनमन्त्री सुदन किरातीले मन्त्रालयको कार्यकक्षमा आफैँ गरे सफाइ

95 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयको कार्यकक्षमा आफैँ सरसफाइ गरेका छन् । समाजिक सञ्जालमा सार्वजनिक गरिएको एक भिडियोमा बिहानी पख मन्त्री किराँतीले आफ्नै कार्यकक्षमा भुइँ पुछिरहेको देख्न सकिन्छ ।

बागमती सरसफाइ अभियानमा प्रत्येक हप्ता फोहोर टिपेर भाइरल भएका किरातीले शुक्रबार बिहान कार्यकक्ष सरसफाइ गरे ।

कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि मन्त्री किराती आफैँले आफ्नो कार्यकक्ष सफा गरेको उनले बताए ।