नेपालले सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्छ: प्रधानमन्त्री

61 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जनवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्रीले नेपाली नागरिक पहिरो, बाढी, जङ्गलको डढेलो, हिउँ पहिरोको प्रकोप खडेरी लगायतका जलवायुजन्य प्रकोपबाट पीडित रहेको बताउनुभयो । उहाँले नेपाल लगायत जोखिममा परेका मुलुकका जनतालाई आर्थिक र प्राविधिक सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले एक सय बिलियन अमेरिकी डलरको जलवायु वित्त दायित्व पूरा गर्न, हरित जलवायु कोषमार्फत जलवायु कार्यहरूलाई गति दिन तथा अतिकम विकसित मुलुकको पहुँच विस्तार गर्न र त्यसको कार्यान्वयनमा जोड दिन आवश्यक रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहालले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताउनुभयो । जलवायु परिवर्तन सामाजिक–आर्थिक र वातावरणीय कल्याणका लागि ठूलो चुनौति भएको बताउनुभयो ।