कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक

378 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ।

बोर्डले २०८१ साल बैशाख १४ गतेदेखि परीक्षा सुरु हुने तालिका आज सार्वजनिक गरेको हो।

बोर्डका अनुसार बैशाख १४ गते सुरु भएको परीक्षा बैशाख २६ गते सकिनेछ। परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको छ।