तनहुँमा जन्ती बोकेको जीप दुर्घटना, दुई जनाको मृत्यु

81 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

तनहुँको व्यास नगरपालिकाबाट जन्ती लिएर आँबुखैरेनीका लागि छुटेको बा १८ च ५९२१ नम्बरको जीप बरादी–हिलेखर्कको भित्री सडक खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा ७२ वर्षका आशपुर गुरुङ र १७ वर्षकी तुलसी गुरुङको मृत्यु भएको हो । घाइतेहरुको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।