समाजवादी मोर्चाको संयोजकमा विप्लव

403 पटक पढिएको

७ फाल्गुन २०८०, सोमबार १०:४० सम्पादक: धादिङ न्यूज

काठमाडौं। समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ चयन भएका छन्। मोर्चाको बैठकले विप्लवलाई संयोजक तोक्ने निर्णय गरेको हो।

आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व विप्लवले गर्ने निर्णय भएको नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले जानकारी दिए। यसअघि मोर्चाको संयोजक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल थिए। मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा आबद्ध छन्।

महासचिव गुरुङले बैठकमा समसामयिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको बताए। उनले मोर्चाले गरेको कमी कमजोरीलाई सच्याएर अघि बढ्ने र छिटै अर्को बैठक बस्ने बताए। बैठकले बाँकी रहेका जिल्लामा समाजवादी मोर्चा विस्तार गर्ने निर्णय गरेको छ। अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चा विस्तार भइरहेको उनले जानकारी दिए। बैठकमा कार्यक्रमका योजनाहरू बनाएर जनपरिचालन लगायतका कार्यक्रम गर्ने सहमति भएको पनि बताए।