बालकुमारी घटना: मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा नेकपा एसले निर्णय लिने

77 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ । नेकपा एसले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ ।

गएको पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो । मन्त्री ज्वालालाई बर्खास्त गर्न नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका सांसदहरुले दबाब दिएका छन् ।

संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोगले दिएको प्रतिवेदन अध्यययन गरी दोषीलाई कारबाही गरिने बताउनुभएको छ । आयोगले प्रदर्शन र हुलहुज्जत भइरहेको गलत ठाउँमा सुरक्षा व्यवस्थाको यकिन नगरि विभागीय मन्त्री पुग्नु मुख्य कमजोरी रहेको भन्दै मन्त्री ज्वालालाई कारबाहीका लागि समेत सिफारिस गरिसकेको छ ।

बालकुमारीमा रहेको ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुुईजना युवाको ज्यान गएको थियो ।