वीरगञ्जमा आज साँझदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु जारी

68 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । पर्साको वीरगञ्जमा आज सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु जारी भएको छ ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादलाई लिएर वीरगञ्जमा आज प्रदर्शन भएको थियो । प्रदर्शन उग्र हुने र शान्ति सुरक्षा बिग्रने शङ्कामा जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा कर्फ्यु आदेश जारी गरेको हो ।

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी भएको छ । कर्फ्युलाई अटरी गर्नेमाथि कडा कारबाही हुने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।