एमालेको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि शुरु

94 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा एमालेको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि शुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको छ । केन्द्रीय कमिटी बैठक तीन दिनसम्म चल्ने जनाइएको छ ।

केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको एमाले प्रचार विभागले जनाएको छ । बैठकमा पार्टी अध्यक्ष केपी ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नुहुनेछ भने समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल समेत हुनेछ ।

यसका साथै पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको एजेन्डाहरुमाथि बैठकमा छलफल हुने जनाइएको छ ।