भारतीय अभिनेता ऋतुराज सिंहको ५९ वर्षको उमेरमा मृत्यु

641 पटक पढिएको

८ फाल्गुन २०८०, मंगलवार १८:५१ सम्पादक: धादिङ न्यूज

एजेन्सी । भारतीय अभिनेता ऋतुराज सिंहको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार सोमबार राति हृदयाघातका कारण उनको मृत्यु भएको हो। उनी ५९ वर्षका थिए। उनी पछिल्लो समय टेलिशृंखला ‘अनुपमा’ मा देखिएका थिए। शोमा उनले यशपालको भूमिका निर्वाह गरेका थिए।

उनले अनुपमा, ‘अपनी बात, ज्योति, हिटलर दिदी, शपथ, वारियर हाई, आहट, अदालत, दीया और बाती, ये रिश्ता क्या कहलाता है’ जस्ता टेलिशृंखलामा काम गरेका छन्। उनले रियालिटी गेम शो ‘तोल मोल के बोल’ होस्ट समेत गरेका थिए।

उनले ‘बद्रिनाथकी दुल्हनिया, यारियां २, थुनिवु’ जस्ता फिल्ममा समेत काम गरेका छन्।