‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने छ’

63 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । कांग्रेसको महासमिति बैठकमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धतासहितको दस्तावेज पेस भएको छ । उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको दस्तावेजमा हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट छ ।

‘सुशासन र भ्रष्टाचार नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो । नेपाली समाजमा असमानता बढाउने प्रमुख कारक भनेको कुशासन र भ्रष्टाचार हो । समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एकअर्काका पूरक हुन् । यो नै लोकतन्त्र र समृद्धिको आधार पनि हो । लोकतन्त्र आत्मअनुशासनसँग जोडिन्छ र आत्मअनुशासन निष्ठा, नैतिकता र आत्मबोधसँग जोडिन्छ । यी आदर्श राज्य संयन्त्रसँग जोडिनका लागि कठोर नीति र असल नियत आवश्यक हुन्छ । नेपाली कांग्रेस भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट गर्दछ’ कांग्रेसको दस्तावेजमा छ ।

वर्तमान सरकारले सुशासनका सम्बन्धमा केही सकारात्मक कदम चालेको खड्काले दाबी गर्नुभएको छ । यो हाम्रा लागि सुखद र आशा लाग्दो संकेत हो तर यति हुँदाहुँदै पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता छ । यसकाप्रति नेपाली कांग्रेस आफ्नो प्रतिबद्धता दोहोर्‍याउँछु खड्काले पेश गरेको दस्तावजेमा छ ।

नीतिको कार्यान्वयन र अनुगमन प्रक्रिया पारदर्शी हुनुपर्ने र देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको स्थापना गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुने उल्लेख छ ।