माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

47 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ ।

दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताउनुभयो ।

बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्नेलगायतका विषयमा छलफल हुने उपाध्यायले जानकारी दिनुभयो ।