संसद बैठकमा एमालेले माग्यो सरकारका तीन मन्त्रीको राजीनामा

76 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा (एमाले)का सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्नुभएको हो ।

त्यस्तै अख्तियारको छानवीनमा परेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीस्थित रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँती पनि पदमा बस्न नमिल्ने सांसद पन्तले बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि कानून विपरित ठहरिएको रामग्रामको उद्घाटन कार्यक्रममा गएको भन्दै त्यसको जवाफ पनि प्रधानमन्त्रीले दिनुपर्ने बताउनु भयो ।