आमा बनिन् हिम्मतवाली नायिका रेखा
323 पटक पढिएको

काठमाडौं। अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन्। छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन्। अमेरिकाको कोलोराडोको अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन्।
सामाजिक सञ्जालमार्फत् तस्वीर सार्वजनिक गर्दै उनले यसबारे जानकारी दिएकी हुुन्। उनले फेसबुकमा लेखेकी छन्, ‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ।’