काठमाडौंमा एक अस्पतालबाट शिशु चोरी

60 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल परिसरबाट शिशु चोरी भएको छ ।

शुक्रबार एक जना महिलाले शिशु चोरी गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ३ घर भई काठमाडौंको कपन बस्ने २२ वर्षकी सबिना श्रेष्ठले बोकिराखेको २६ दिनको शिशुलाई एक अपरिचित महिलाले चोरेर फरार भएकी हुन् ।

ती अपरिचित महिलाले एक छिन बच्चा समातिदिन्छु भन्दै छलेर शिशु लगेर फरार भएको प्रहरी जनाएको छ । ती शिशु छोरी हुन् ।