संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश गए व्यवस्थाको लागि घातक हुन्छ: रमेश लेखक

48 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश गए व्यवस्थाको लागि घातक हुने बताउनुभएको छ ।

आज प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश सम्प्रेषण भएमा व्यवस्थाका लागि घातक हुने बताउनुभएको हो ।

प्रमुख सचेतक लेखकले सांसदहरुको गतिविधि व्यवस्थाकाविरुद्धमा वातावरण बन्नेतिर निर्देशित भएका छन् कि भन्ने विषयमा सोच्न जरुरी रहेको बताउनुभयो । उहाँले धेरै विधेयकहरु बनाउनुपर्ने अवस्था रहेको भन्दै संसदभित्र अवरोध गर्नु नहुने पनि बताउनुभयो ।

प्रमुख सचेतक लेखकले संसदभित्र आलोचना स्वस्थ ढंगले गर्नुपर्ने बताउनुभयो । उहाँले धैर्यता र संयमित भएर आफ्नो कुराहरु राख्न सांसदहरुलाई आग्रह पनि गर्नुभयो ।