प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै मिल्नुपर्छ: गगन थापा

42 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दल मिल्नुपर्ने बताउनुभएको छ ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा महामन्त्री थापाले राजनीतिक दलहरूले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रूपबाट प्रहार भइरहेको बताउनुभयो ।

उहाँले सबै राजनीतिक दलहरू मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न नसकिनेमा सचेत गराउनुभयो । राजनीतिक दलहरू एकअर्काको आरोप–प्रत्यारोपमा उत्रिँदा प्राप्त उपलब्धिमाथि भइरहेको आक्रमण रोक्न ध्यान नपुगेको उहाँको भनाइ छ ।