रिया लामा बनिन् ‘मिस तामाङ २०२४’को विजेता

131 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । रिया लामाले मिस तामाङ २०२४ को उपाधि जितेकी छिन् । मम्स इन्टरनेशनल नेपालको आयोजनामा शनिवार राजधानीमा सम्पन्न ग्राण्ड फिनालेमा १४ प्रतिस्पर्धीलाई उछिन्दै लामा विजेता बनेकी हुन् । मिस तामाङ २०२३ की विजेता पासाङयाङ्जी तामाङको हातबाट ताज पहिरिएकी लामा १६ औँ संस्करणको विजेता हुन् ।

प्रतियोगिताको फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा भएकी छन । यस्तै फस्ट रनरअफ तामाङले मल्टिमिडिया टाइटल पनि जितेकी छन् । मिस तामाङ २०२४ मा २४ जनाले भाग लिएका थिए ।

तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभूषा, रीतिरिवाज तथा रहनसहनलाई तामाङ युवामाझ पुर्‍याउने उद्देश्यले मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा गायक प्रदिप बमजन‚ नायक कुमार मोक्तान,पूर्व मिस तामाङ सुमी मोक्तान, संञ्चाकर्मी एवं मोडल प्रिया रानी लामा, सञ्चारकर्मी गंगा घिसिङ लगायत रहेका थिए ।

प्रतियोगितामा विजेताले नगद १ लाख, फस्ट रनर अफले ५० हजार, सेकेन्ड रनर अफले ३० हजार रुपैयाँको पुरस्कार सहित क्राउन र गिफ्ट ह्याम्पर पाएका छन् ।