आजबाट ७५ जिल्लामा दादुरा र रुबेलाका खोप अभियान सञ्चालन

29 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सरकारले आजबाट चैत ७ गतेसम्म ७५ जिल्लामा दादुरा र रुबेलाका खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप अभियान जाजरकोट र पश्चिम रुकुम बाहेक देशभरका ७५ जिल्लामा सञ्चालन हुन लागेको हो ।

खोप अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार ३०५ बालबालिकालाई खोप लगाउन लागिएको छ । यसका लागि देशभर एक हजार ६७० खोप केन्द्र तोकिएका छन् । खोप लगाउनका लागि बिहान १० देखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ ।

५१ जिल्लाका ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियानमा सहभागी हुने अनुमान गरिएको छ । काठमाडौँ महानगरपालिकामा २ लाख ५० हजार बालबालिका रहेकोमा काठमाडौं जिल्लाका १० स्थानीय तहका केही नगरपालिकामा भने फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

खोप अभियानमा ३३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन हुनेछन् । भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौं, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा ९ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइँदैछ ।