कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?
209 पटक पढिएको

काठमाण्डौ – हप्ताको पहिलो दिन आज सुनकोे भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोवार भएको सुनको भाउ आजका लागि एक लाख १८ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।