आगामी वैशाख १५ गते दुई स्थानमा उपनिर्वाच हुने

77 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । आगामी वैशाख १५ गते उपनिर्वाच हुने भएको छ ।

निर्वाचन आयोगको आज बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम २ तथा प्रदेश सभा सदस्य बझाङ जिल्ला प्रतिनिधि सभा सदस्यनिर्वाचन क्षेत्र १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा मिति २०८१ वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोकेको हो।

इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ बाट निर्वाचित प्रदेशसभा सदस्य श्री पृथ्वीबहादुर सिंहको निधन भएकाले उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।

कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा त्यस्तो स्थान उपनिर्वाचन हुने कानुनी व्यवस्था छ। उपनिर्वाचनमा सहभागिता, सहयोग र सहकार्यका लागि पनि निर्वाचन आयोगले सम्बन्धित सबैमा आग्रह गरेको छ।