संसद बैठकमा मन्त्रीहरुको बर्खास्तीको माग गर्दै एमालको नाराबाजी

66 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेले विवादमा मुछिएका मन्त्रीहरूलाई बर्खास्त गर्न माग गर्दै सोमबार बसेको प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरूले सरकारले सभामुखको रुलिङलाई समेत बेवास्ता गरेर विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे जवाफ पनि नदिएको र राजीनामा नआएको भन्दै एमाले सांसदहरूले बैठक अवरोध गरेका हुन् । एमाले सांसदहरूले विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर भन्दै नाराबाजी समेत गरेका थिए । एमाले संसदको नाराबाजीपछि १५ मिनेटका लागि संसद स्थगित गरिएको छ ।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विवादित मन्त्रीको विषयमा प्रधानन्त्री पुष्प कमल दाहालले आजनै जवाफ दिनुपर्ने माग गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सासंद गोकुल बाँस्कोटाले विवादित तीन मन्त्रीहरु प्रकाश जवाला, सुदन किराँती र मोहन बहादुर बस्नेतले आजै राजीनामा दिनुपर्ने अथवा प्रधानमन्त्री दाहालले बर्खास्त गर्नुपर्ने माग गर्नुभयो ।

एमाले सांसद बाँस्कोटाले सदनमा प्रतिपक्ष दलले उठाएको प्रश्नको जवाफ लिन सभामुखले रुलिङ गरेपनि त्यसलाई नजरअन्दाज गरेर बसिरहेको बताउनुभयो ।

यस्तै राप्रपाका सांसद राजेन्द्र लिङदेनले मीटरव्याज पीडित, लघुवित्त पीडित र बालकुमारी घटनाको विषय सांसद प्रारम्भ भएदेखि आवाज उठाए पनि सरकारले वेवास्ता गरेको जिकीर गर्नुभयो । उहाँले सरकारले यस विषयमा आउँदो बैठकमा सरकारले ठोस सम्बोधन नगरे बैठक अवरुद्ध गर्ने चेतावनी दिनुभयो ।