वरिष्ठ गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा निधन
301 पटक पढिएको

मुम्बई । वरिष्ठ गजल गायक पंकज उधासको निधन भएको छ ।
उनको आज ७२ वर्षको उमेरमा निधन भएको हो । छोरी नायबले सामाजिक सञ्जालमार्फत उनको मृत्युबारे दिएकी छिन् ।
गजल गायक विगत केही दिनदेखि बिरामी थिए । पंकजले चर्चित गजल ‘चिठी आयी’ बाट निकै चर्चा पाएका थिए । पंकजको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइहरूमध्ये कान्छो थिए । उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरको थियो।