रहेनन् चर्चित गायत तथा संगीतराज भक्तराज आचार्य

87 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । चर्चित गायत तथा संगीतराज भक्तराज आचार्यको निधन भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि मेडिसीटी अस्पताल पुर्याएलगतै चिकित्सकले आचार्यलाई मृत घोषणा गरेका हुन् ।

भजन शिरोमणि आचार्य लामो समययता बिरामी हुनुहुन्थ्यो । उहाँलाई भजन शिरोमणिको उपनामले पनि चिनिन्छ ।

८१ वर्षा भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहनुभएको थियो ।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ । उनका छोराहरू सत्य र स्वरूप पनि गायक हुन् । आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

उहाँ स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुनुहुन्छ। आचार्यका, जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।