गजुरीबाट अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

68 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । गजुरी गाउँपालिका(२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ६ सय २० किलो ४४ ग्रामसहित सर्लाही लालबन्दी नगरपालिका(७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले मधेश प्रदेश ०३-००१ ख ८३०९ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा कवाडीको समानभित्र लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक साहलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।