त्रिदेशीय ट्वान्टी–२० शृंखलामा नेपाल पराजित

53 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नामिबियाले त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालविरुद्ध २० रनको जित निकालेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र जोड्न सक्यो ।

नेपाललाई जितका लागि अन्तिम दुई ओभरमा २४ रन आवश्यक थियो । नेपाल १८३–८ को स्थितिमा हुँदा नामिबियाका कप्तान जेजे स्मिथले १९औँ ओभर बलिङका लागि रुबेल ट्रम्पेलमेनलाई बल थमाएका थिए । ट्रम्पेलमको पहिलो तीन बलमा नेपाली ब्याटरले समान एक रन जोडेका थिए । तर, ट्रम्पेलमनले चौथो र पाँचौँ बलमा लगातार विकेट लिएपछि नेपाल २० रनले निराश बनेको हो ।

नेपालले अब फागुन १६ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । यस्तै, नेपालले फागुन १८ गते पुनः नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।