विहानी पम्प नजिकैबाट ६२० केजी गाँजासहित मिनिट्रक चालक पक्राउ

141 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १५ फागुन – धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा पर्ने पृथ्वीराजमार्गको विहानी पेट्रोल पम्प नजिकैबाट ६२० केजी लागु औषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा आफ्नो कमाण्डमा खटिएको प्रहरी टोलीले ६२०।४४ केजी लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार केसी ले बताउनु भयो ।

लागु औषध गाँजा सहित प्रहरीले सर्लाही लालबन्दी नगरपालिका–७ वस्ने ३० वर्षीय सन्तोष कुमार साहलाई पनि पक्राउ गरेको जनाएको छ ।

सवारी साधनहरु चेकजाँच गर्ने क्रममा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८३०९ नम्बरको मिनिट्रकमा कवाडीजन्य सामाग्रीहरुले छोपी चाउचाउ र विस्कुटको खोल टासेर ४५ वटा प्याकेटमा राखी ६२०।४४ केजी लागू औषध गाँजा ढुवानी गर्दै गरेको अबस्थामा ट्रक र चालक समेत नियन्त्रणमा लिईएको प्रहरी उपरिक्षक केसीले वताउनु भयो ।

पक्राउ परेका मिनि ट्रक चालक साहलाई जिल्ला प्रहरी कार्यालय धादिङले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । बरामद गरिएको गाँजा विक्री प्रयोजनको लागि भारत तर्फ लैजादै गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।