भजन शिरोमणि भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि

67 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । भजन शिरोमणि भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । वरिष्ठ गायक तथा संगीतकार आचार्यलाई दुई छोरा गायक सत्यराज र स्वरूपराज आचार्यले बाबुको पार्थिव शरीरमा दागबत्ती दिएका हुन् ।

आचार्यको हिजो अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य विगत लामो समयदेखि बिमारी हुनुहुन्थ्यो । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । स्वरसम्राट नारायण गोपालका समकालीन गायक उहाँ १९९९ सालमा धनकुटामा जन्मिनुभएको हो। नेपाली सुगम सङ्गीतमा उहाँको विशिष्ट स्थान छ ।