उपचुनाव कार्यतालिका अनुसार आजदेखि मतदाता नामावली अद्यावधिक हुँदै
128 पटक पढिएको
काठमाडौं । आगामी वैशखमा हुने उपचुनाव कार्यतालिका अनुसार आजदेखि मतदाता नामावली अद्यावधिक हुँदैछ ।
चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । आउँदो वैशाख १५ गते प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेश सभातर्फ बझाङ–१ ‘क’मा चुनाव हुदैछ ।
दल दर्ताका निम्ति यही फागुन २४ देखि ३० गतेसम्मको म्याद दिइ सूचना प्रकाशन गरिने सहायक प्रवक्ता डा। थानेश्वर भुसालले जानकारी दिनुभयो । चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र त्यही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।
चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा चुनावका विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ भने २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।