आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ

480 पटक पढिएको

१६ फाल्गुन २०८०, बुधबार १७:११ सम्पादक: धादिङ न्यूज

काठमाडौं। आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन्।

कुटपिट तथा अङ्गभङ्ग मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बुधवार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो।

वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको हो।

केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेका थिए । अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेका थिए । पवनको पत्नी सुम्निमासित विवाद चलिरहेको छ ।