उपाधिका लागि आज नेपालले जोर्डनसँग खेल्दै

45 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपालले जोर्डनसँग खेल्दैछ ।

साउदी अरबीयामा जारी प्रतियोगितामा लगातार चार खेल जितेको नेपाल आज सोही लय दोहोर्‍याउँदै उपाधि जित्ने अभियानमा रहेको छ । तर आज नेपालले स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को अनुपस्थितिमै यो लक्ष्य पार गर्नुपर्नेछ

फ्रान्सको शीर्ष डिभिजनको लिगमा व्यवसायीक खेल खेल्ने भण्डारी सेमिफाइनल खेलपछि त्यसतर्फ लागिसकेकी छिन् । त्यसैले आज नेपाललाई भण्डारीको अनुपस्थितिमै वाफ महिला च्याम्पियनसिपको सर्वाधिक सफल टोली जोर्डनलाई हराउनुपर्नेछ ।

जोर्डनले पाँच पटक यो प्रतियोगिता जितिसकेको छ भने नेपालले पहिलो पटक यो प्रतियोगिता खेलिरहेको छ । सेमिफाइनलमा लेबनानलाई २–१ ले हराउँदै नेपाल तथा प्यालेस्टाइनलाई ५–० ले हराउँदै जोर्डन फाइनलमा पुगेका हुन् ।