टिकटक पूर्णरुपमा बन्द गर्न सरकार असफल भयो : सञ्चारमन्त्री शर्मा

42 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । सञ्चारमन्त्री रेखा शर्माले देशमा ब्यान्डविथको प्लेटफर्म नहुँदा टिकटक बन्द गर्न सरकार असफल भएको बताउनुभएको छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रमममा मन्त्री शर्माले टिकटक बन्द गर्ने भनेर सरकारले निर्णय गरे पनि पुरै बन्द गर्न नसकेको स्पष्ट पार्नुभयो । सरकारसंग प्रविधि नभएकाले पूर्णरुपमा बन्द गर्न नसकेको उहाँको भनाइ छ ।

इन्टरनेटको दुरुपयोगबाट महिलाहरूले असुरक्षा र हिंसा भोग्नुपरेको मन्त्री शर्माले बताउनुभयो । । संसारभरि चल्ने सबै डिजिटल प्लेटफर्म नेपालमा प्रयोग हुन्छन् तर त्यसको नियमन गर्न नसकिने हुँदा असुरक्षा पैदा भएको उहाँको भनाई छ ।