शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति

58 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं। शर्मिला वाइबालाई जिल्ला अदालत काठमाडौंले ४ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ। आफूलाई सामाजिक अभियन्ता बताउने वाइबा १६ फागुनमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेकी हुन्।

कलाकार खतिवडाले आफूलाई कुटपिट गरेको भन्दै उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता गराएका थिए। पवनले शर्मिला वाइबा, पत्नी सुम्निमा खालिङ र बहिनी गंगा मिलेर उनी बसेको घरभित्रै गएर हातपात गरेको आरोप लगाएका छन् ।