सरकारको काम कारवाहीप्रति प्रधानमन्त्री प्रचण्ड आफैं असन्तुष्ट

67 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। सरकारको काम कारवाहीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं असन्तुष्ट बन्नुभएको छ।

सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले गत श्रावण महिनामा निर्धारण गरेका लक्ष्यहरुअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्र गर्नुभएको हो।

उहाँले योजना तथा कार्यक्रमहरु निर्धारण गर्दा वस्तुगत र वस्तुवादी हुन नसकेको बताउँदै मनोगत ढंगबाट लक्ष्यहरु निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको बताउनुभयो। प्रधानमन्त्रीले अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति लक्षित गर्दै मनोगत रुपमा सरकारका योजना र कार्यक्रम बनाउँदा अहिले परिमार्जन गर्नुपर्ने, हटाउनु, घटाउनुपर्ने स्थिति देखापरेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले माघ मासन्तसम्म सम्पन्न हुनुपर्ने १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालु अवस्थामा र १४ प्रतिशत त शुरु नै हुन नसकेको अवस्था रहेको बताउनुभयो।