लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

42 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । संसद बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वान, मौजुदा मन्त्रिपरिषदमा नियुक्ति, कार्यविभाजन र विधेयक प्रमाणीकरणसम्बन्धी
पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । यसैगरि दलको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना व्यक्त गर्ने कार्यसूची पनि रहेको छ ।

शनिबार बस्ने प्रदेश संसदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।