देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प छैन: शकंर पोखरेल

63 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा (एमाले) का महासचिव शकंर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताउनुभएको छ ।

महोत्तरीको जलेश्वरस्थित एमाले पार्टी कार्यालयमा शनिबार बिहान पत्रकार सम्मेलन गर्दै महासचिव पोखरेलले वर्तमान सरकारको कार्यकालमा देशमा विकासको काम ठप्प भएर विकास र समृद्धिको यात्रा रोकिएको र जनतामा निराशा छाएको आरोप लगाउनुभयो ।

महासचिव पोखरेलले नेपाली जनतामा छाएको निराशा, भ्रष्टाचारबाट मुक्ति र देशको विकास र समृद्धिका लागि देशमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सोही कारण एमालेले मिसन २०८४ ल्याएको बताउनुभयो ।

उहाँले मिसन २०८४ अन्तर्गत एमालेलाई राष्ट्रकै बलियो पार्टी बनाएर प्रत्येक प्रदेशमा समेत एमालेको नेतृत्वमा सरकार बनाउन लागिपर्न जनतासँग आग्रह गर्नुभयो ।