राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा हुँदैन: डा. शशांक कोईराला

59 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताउनुभएको छ । आज नेपाल शिक्षक संघ, जिल्ला समिति ललतिपुरको कार्यक्रममा बोल्दै नेता कोईरालाले यस्तो बताउनुभएको हो ।

नेता कोईरालाले राजनीतिमा एउटा सुनिने तर अर्कै हुने गरेको बताउनुभयो । कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने कुरा भनेको राजनीति रहेको उहाँको तर्क थियो । उहाँले राजनीतिको उत्ताचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्नसक्ने बताउनुभयो ।

नेता कोईरालाले आफूले उत्पादन गरेका डाक्टरहरु अहिले पैसा पाएपछि मात्रै अप्रेशन गर्ने गरेको र विवेक नभएका डाक्टर आफूले उत्पादन गरेको भन्दै पश्चताप गर्नुभयो ।