सडक माथिबाट खसेको ढुङ्गा खस्दा मुगुमा एक जनाको मृत्यु

37 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मुगु – मुगुम कार्मारोङ गाउँपालिकामा ढुङ्गाले लागेर आज एक जनाको ज्यान गएको छ । मुगुम कार्मारोङ–६ रिउस बगरमा रहेको जलविद्युत् आयोजनामा काम गर्न घरबाट हिँडेका मुगुम कार्मारोङ–५ का ५० वर्षीय कोन्जोक लाक्याप लामाको सडक माथिबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको हो ।

विद्युत् गृहको नहर पहिरोले क्षति गरेपछि वडा नम्बर ५ र ६ का स्थानीयवासीको आज काम गर्ने पालो थियो । त्यही काममा सेगेरा गाउँबाट जाँदै गर्दा तिलिकछु भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले लामालाई लागेको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो ।