कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?

39 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो।

अन्तर्राष्ट्रिय बजारको कारोबारमा शुक्रबार मूल्य उच्च दरमा बढ्दा आज नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ।

फागुन ३ गते नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको छ।