कांग्रेससँगको सत्ता गठबन्धन टुट्यो

54 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सत्ता गठबन्धन विघटन भएको छ । सरकार परिवर्तनका साथै आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।

अबको सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा एमालेसहित रास्वपा, राप्रपा र जसपा सहभागी हुने बताइएको छ । अन्य दलहरुसँग पनि छलफल चलाइरहेको बताइएको छ ।

बालकोटमा बिहान बसेको एमाले सचिवालय बैठकले नेकपा एमालेबाट पदम् गिरीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।