रवि लामिछानेसहित यी चार जनाले आज मन्त्रीको शपथ लिँदै

75 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । कांग्रेससँगको गठबन्धन टुटेर बनेको नयाँ सत्ता गठबन्धनबाट पहिलो चरणमा आज चार जनाले मन्त्रीको शपथ लिँदैछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दै आज नै ४ जनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने भएका छन्।

पछिल्लो सहमतिअनुसार माओवादीबाट वर्षमान पुन, एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने तय भएको छ। जनमत, नागरिक उन्मुक्तिसहितका दलहरू भने दोस्रो चरणमा मात्र सरकारमा सहभागी हुने भएका छन्।