प्रतिनिधि सभाको बैठक स्थगित

51 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता गठबन्धन हुने भएपछि आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो ।

प्रतिनिधि सभाको बैठक विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले सूचना जारी गरी जनाएको छ ।

प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो । तर सत्ता गठबन्धन भत्काउँदै प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसहितको सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेसँगै सभामुख देवराज घिमिरले बैठकका लागि आन्तरिक परामर्श गर्नुभएको थियो ।