तीन जना मन्त्रीद्वारा शपथ ग्रहण

58 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौ । तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति निवास शितल विवासमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीलाई शपथ गराउनुभएको हो ।

नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले मन्त्रीको शपथ लिनुभएको हो ।