देउवाको आह्वानमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

62 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा मंगलबार दिउँसो ३ बजे बस्न लागेको हो ।

बैठकमा नयाँ सत्ता समीकरणका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई बोलाइएको छ ।

आज बस्ने कार्यसम्पादन समितिको बैंठकले सरकारको समीक्षा गर्दे थप रणनीति बनाउने बताइएको छ ।