कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?
156 पटक पढिएको

काठमाडौँ । आज सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आजको मूल्य हालसम्मकै उच्च हो ।
सुनचाँदीको मूल्यो पछिल्लो समय लगातार बढिरहेको छ ।
आज सुन २ हजार रुपैयाँले बढ्दै १ लाख २३ हजार रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैबिच चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ ।