एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल मनोनीत
424 पटक पढिएको
काठमाडौँ, २२ फागुन २०८० । नेकपा एमालेको प्रतिनिधिसभा संसदीय दलमा मुख्य सचेतकमा महेश बर्तौला मनोनीत भएका छन्। एमाले संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्माले बर्तौलालाई मुख्य सचेतकमा मनोनीत गरेका हु्न्।
यसैगरी सचेतकमा सुनिता बराल मनोनीत भएकी छन्। यसअघि प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री नियुक्त भएपछि उक्त पद खाली थियो। ओलीले उक्त पदमा बर्तौलालाई मनोनयन गरेका हुन् भने सचेतकमा बराललाई ल्याएका हुन्।
बर्तौला मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने झापाकी बराल समानुपातिक सांसद हुन्। बर्तौला र बराल विद्यार्थी राजनीतिबाट उदाएर पार्टी राजनीतिमा संलग्न छन्।







