धादिङको घाटबेसीमा बस त्रिशूलीमा खस्यो,उद्दार जारी, थप विवरण आउन बाँकी

240 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २३ फागुन । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेशी स्थित पृथ्वीराजमार्गबाट यात्रुबाहक बस त्रिशूली नदीमा खसेको छ ।

कपलिबस्तुबाट काठमाडौं जादै गरेको रात्री बस राजमार्गबाट एक सय मिटर तल त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा घाइते भएकाहरुको उद्दार जारी छ ।

दुर्घटना लगत्तै सशस्त्र प्रहरीबलआदमघाटबाट शशस्त्र प्रहरी, गजुरीबाट नेपाल प्रहरी र नेपाली सेना तथा स्वयंसेवक उद्धारकर्मीहरु घटनास्थल पुगेर उद्धार कार्य शुरु गरेका थिए ।
 टोलीले १३ जनाको जीवितै उद्धार गरेको छ। 
उनीहरूलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। थप विवरण आउन बाँकी छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले छ ।