घाटबेसीमा बस त्रिशूली नदीमा खस्यो ३२ जनाको सकुशल उद्धार, ६ जनाको मृत्यु

306 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ , २३ फागुन – कपिलवस्तुबाट काठमाडौँका लागि छुटेको रात्रीबस धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसी नयाँ पुल छेउमा दुर्घटना हुंदा ६ जनाको ज्यान गएको छ । ३२ जनाको सकुशल उद्धार गरिएको छ ।

सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस लु२ख २१२१ नम्बरका यात्रुबाहक रात्री बस बुधबार विहान साँढे चार बजे तिर दुर्घटनामा परेको हो । बस राजमार्गबाट एक सय मिटर तल त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरका अनुसार दुर्घटनामा परेर एक महिलासहित पाँच जनाको घटनास्थलमै ज्यान गएको छ ।

दुर्घटनामा ३७ जनालाई उद्धार गरी गजुरी अस्पताल पु¥याईएकोमा  १३ जनालाई उपचारका लागि  काठमाडौ पठाइएकोछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेको थियो ।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाईते र मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।