अपडेट समाचार- घाटबेसी बस दुर्घटनामा ७ जनाको मृत्यु, ३९ जना घाईते

59 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२३ फागुन – बुधबार विहान धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसी स्थित पृथ्वीराजमार्गमा भएको बस दुर्घटनामा परि एक महिला सहित ७ जनाको ज्यान गएको छ । ३९ जना घाईते भएका छन् ।

कपिलबस्तुबाट काठमाण्डौंका लागि छुटेको लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस बुधबार विहान साँढे चार बवे तिर अनियन्त्रित भई राजमार्गबाट १ सय मिटर तल त्रिशूली नदीमा खसको थियो । दुर्घटनामा परि १ जना महिला र ६ जना पुरुष गरी ७ जनाको मृत्यु भएको भएपनि मृतकको सनाखत तथा नामावली बिबरण आउन बांकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाईते मध्ये गम्भिर अवस्थाका १४ जनालाई काठमाण्डौं पठाईएको छ भने २० जनाको गजुरी अस्पताल प्रा.लि. गजुरी र ५ जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भईरहेको छ ।