बागमती प्रदेशका कांग्रेस मन्त्रीहरुले दिए राजीनामा, सरकारलाई दिएको विश्वासको मतसमेत फिर्ता

83 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हेटौंडा । बागमती प्रदेशका कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छ्न् ।मन्त्रीहरूको राजीनामासँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको विश्वासको मतसमेत फिर्ता लिएको छ ।

बागमती प्रदेशमा रहेका कांग्रेसका ६ जना मन्त्रीहरुले बुधबार साँझ मुख्यमन्त्री शालिकराम जम्कट्टेललाइ राजीनामा बुझाएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, वन तथा वातावरण मन्त्री मसिना खड्का, ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामा, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र स्वास्थ्य मन्त्री उत्तम जोशीले मुख्यमन्त्री जम्मकट्टेललाई राजीनामा बुझाएका हुन्।

बागमतीमा १२ सदस्यीय मन्त्रीपरिषद्मा प्रदेश सभाको ठुलो दलको हैसियतले कांग्रेसको भागमा ६ मन्त्रालय थिए।

अर्थमन्त्रीमा बहादुरसिंह लामा र खानेपानी मन्त्री तीर्थबहादुर लामा २६ चैत २०७९ मा मन्त्री पदमा नियुक्त भएका थिए। वनमन्त्री खड्का, उद्योगमन्त्री चित्रकार, स्वास्थ्यमन्त्री जोशी र पर्यटन मन्त्री महर्जन ७ जेठ २०८० मा नियुक्त भएका थिए।